ठगी तथा आपराधिक लाभ मुद्दामा स्मार्ट सेलका तत्कालीन सञ्चालक सर्वेश जोशी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई सोमबार खुर्सानीटारबाट पक्राउ गरेको हो।
सो कम्पनीको इजाजतपत्र रद्द भइसकेको छ। इजाजतपत्र रद्द भइसकेपछि कम्पनीको सम्पत्ति स्वतः दूरसञ्चार प्राधिकरणको हुने प्रावधान छ। तर, कम्पनीले कतिपय सामान लिलामी गरेर ठगी गरेको घटनामा सिआइबीले उनलाई पक्राउ गरेको हो।
उनलाई ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान गरिने सिआइबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए।