टेक्स्पायर कर्पोरेट टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार आइसिएफसी फाइनान्सले रोमाञ्चक जित दर्ता गरेको छ । आइसिएफसीले सिप्रदीलाई तीन विकेटले हरायो । पहिले ब्याटिङ गरेको सिप्रदीले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । सिप्रदीका शैलेन्द्र नेपालले ४९ रन र नीराजन केसीले अविजित ३६ रनको योगदान दिए ।
आइसिएफसी ९.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । सुरज तिमल्सिनाले अविजित ७३ रन बनाए । जितसँगै आइसिएफसी सेमिफाइनलमा प्रवेश गर्दा सिप्रदी प्रतियोगिताबाट बाहिरिएको छ । क्लाउड फ्याक्ट्रीले ३ विकेटले जित हात पारेको छ । टेक्स्पायरले १० ओभरमा ३ विकेटको क्षतिमा ६९ रन बनायो । ७० रनको लक्ष्य पछ्याएको क्लाउडले ७.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
जितसँगै क्लाउड सेमिफाइनलमा प्रवेश गरेको छ । अर्को खेलमा एनसेलले सुबिसुविरुद्ध ३ विकेटको जित हात पारेको छ । एनसेलले अन्तिम ओभरमा जित निकालेको थियो । सुबिसुले १० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन बनाएको थियो । सुबिसुका लागि दमन चन्दले अविजित ३५ रन जोडे । एनसेलका लागि समाज पौडेलले १९ बलमा ३७ रन बनाए । एनसेल सेमिफाइनलमा प्रवेश गरेको छ ।