रुबीको अर्धशतकमा नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण

रुवान्डामा जारी आइसिसी महिला टी–२० आई च्यालेन्ज ट्रफीमा नेपालले अमेरिकाविरुद्ध संघर्षपूर्ण ब्याटिङ गरेको छ। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्र ८७ रनको लक्ष्य दिएको छ।

विकेट किपर रुबी पोद्दारले नटआउट अर्धशतकीय पाली खेल्नुबाहेक अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन्। ५१ बल साामना गरेकी पोद्दारले पाँच चौका र एक छक्काको मद्दतमा ५१ रनको योगदान गरिन्।

ओपनर सम्झना खड्का पहिलो बलमै पेभेलियन फर्किइन्। पूजा महतो, कप्तान इन्दु बर्मा र कविता कुँवरले समान आठ रन बनाउँदा बिन्दु रावल र रोमा थापा (नटआउट)ले तीन तथा कविता जोशीले मात्र एक रन जोडे।

अमेरिकाकी ऋतु सिंह र माही माधवनले समान दुई तथा अदितिबा सुदासमा र सैनावी कामबलापल्लीले एक–एक विकेट हात पारे।
 

सुझावित समाचार