इरानसँगको वार्ताको लागि पाकिस्तान पुगे अमेरिकी उपराष्ट्रपति

शनिबार, २८ चैत, २०८२
डिजिटल संस्करण

इरानसँगको वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको टोली पाकिस्तान पुगेको छ। पाकिस्तानसँगको मध्यस्थतातामा इरानसँग वार्ता हुन लागेको हो। 

इरानबाट पनि संसद्का प्रवक्ताको नेतृत्वको वार्ता टोली पाकिस्तान जाँदै छ। बिबिसीका अनुसार इस्लामाबादमा अमेरिका र इरानबिच हुन लागेको वार्ता र सहरमा महत्त्वपूर्ण प्रतिनिधिमण्डलको आगमनलाई लिएर सुरक्षा व्यवस्था उच्च तुल्याइएको छ।

न्युक्लियरको विषयलाई लिएर गत २८ फेब्रुअरीदेखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु भएपछि मध्यपूर्व तनावग्रस्त छ। डेढ महिना लामो युद्धपछि गत ८ अप्रिलमा दुई साताका लागि युद्धविराम भएको थियो। यही अवधिमा वार्ताको प्रक्रिया सुरु भएको हो। यसअघि युद्धविराम पनि पाकिस्तानकै समन्वयमा भएको थियो। 

सुझावित समाचार