नयाँ र पुराना दलको विचारको नाभी एउटै ठाउँमा जोडिएको छ : ज्ञानेन्द्र शाही

शुक्रबार, २७ चैत, २०८२
डिजिटल संस्करण

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पुराना र नयाँ दलको सिद्धान्त र विचारको नाभी एकै ठाउँमा जोडिएको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको उपसभामुख चयनका लागि बसेको बैठकलाई सम्बोधन गर्दै शाहीले यस्तो टिप्पणी गरेका हुन्। रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ।

शाहीले रास्वपाका सभापतिबाटै सहयोगको आश्वासन प्राप्त भएपछि राप्रपाले उपसभामुखमा उम्मेदवारी दिएको दोहोर्याए। राप्रपाको उम्मेदवारीले राजनीतिक कित्ता स्पष्ट भएको उनको दाबी छ।

‘आजको हाम्रो उम्मेदवारीले राजनीतिमा कित्ता क्लियर बनाएको छ। हिजोका पुराना भनिएका दल र अहिले उदाएका नयाँ राजनीतिक दलका साइनबोर्ड फरक–फरक भए पनि उनीहरूको नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रस्ट भएको छ,’ उनले भने।
 

सुझावित समाचार