रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबिच भेटवार्ता भएको छ। लामिछानेनिवास पुगेर शाहीले आज भेट गरेका हुन्। रास्वपा सभापति लामिछाने र राप्रपा संसदीय दलका नेता शाहीबिच करिब एक घण्टा लामो भेटघाटले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ।
प्रेम सम्बन्धको विवादमा हत्या, घरको एक्लो छोरो थिए‘स्मित’
दाङको राप्ती गाउँपालिका- २ स्थित दोलाई खोलाको घटना प्रेम सम्बन्धका कारण भएको हुन सक्ने प्रहरीले बताएको छ। प्रारम्भिक अनुसन्धानअनुसार प्रेम सम्बन्धका कारण युवकको हत्या भएको खुलेको हो।
खुकरी प्रहारबाट राप्ती गाउँपालिका वडा नं.२ बाह्रखुट्टीनिवासी १७ वर्षीय स्मित प्रधानको मृत्यु भएको हो। जो उनका साथी १६ वर्षीय अयुशमान थापासँगै थिए। थापालाई उनको एकजना केटी साथीले फेसबुकमार्फत बोलाइन्। बोलाएपछि थापा र प्रधानसँगै गएका थिए। त्यही क्रममा प्रधानको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
फेवाताल किनारमा निर्माण गरिएका मापदण्डविपरीतका अस्थायी संरचनामा चल्यो डोजर, ३२ संरचना हटाइयो
पर्यटनको राजधानी सहर पोखरास्थित फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनामा पोखरा महानगरपालिकाले डोजर चलाएको छ।
ताल किनारका मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू हटाउन शुक्रबार मध्यरातमा गृह मन्त्रालयले निर्देशन दिएपछि पोखरा महानगरपालिकाले शनिबार बिहानै डोजर चलाएको हो।
चितवनमा बस, बलेरो र अटो ठोक्किँदा १४ जना घाइते
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ आपटारी चोकनजिक तीनवटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
चितवन प्रहरीका अनुसार शनिबार दिउँसो आपटारी चोकबाट करिब २ सय मिटरअगाडि ग १ ख ९९२५ नम्बरको बसले लु १ च ८५५२ नम्बरको बलेरोलाई ठक्कर दिएको थियो। सोही क्रममा पछाडिबाट आउँदै गरेको बा.प्र.०३–००१ ह २५४८ नम्बरको अटो पनि बलेरोमा ठोक्किएपछि दुर्घटना भएको थियो।
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
सरकारले निजी मेडिकल, डेन्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक र सेवासुविधा उपलब्ध गराउन निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले सम्बन्धित एसाेसिएसनलाई पत्र जारी गर्दै गत १५ कात्तिकको सहमति कार्यान्वयन गर्न भनेको हो।
जिप दुर्घटनामा दुईको मृत्य, १२ जना घाईते
जिप दुर्घटनामा परि शनिबार लमजुङमा दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाईते भएका छन् ।बेँसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप दुर्घटनामा परि मर्स्याङ्दी ७ उस्ताकी ४० वर्षीया त्रिवेणी घले र ३५ वर्षीया पुष्पा घलेको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । उस्ता जादै गरेको जिप उकालो बाटोको घुम्ती पार गर्ने क्रममा सडकबाट करिब ५० मिटर तल खसेर दृर्घटना भएको थियो ।
मुसहर बालबालिकाको शिक्षाका लागि समुदायकेन्द्रित अभियान
आर्थिक, सामाजिक र शैक्षिक रूपले पछाडि पारिएका मुसहर समुदायका बालबालिकाको शिक्षाका लागि सिराहाको लहान नगरपालिका क्षेत्रमा अगुवा मुसहर युवाहरूले समुदायकेन्द्रित शिक्षा सचेतना अभियान चलाएका छन्।
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, ६ जना अस्पतालबाट डिस्चार्ज
युएईमा घाइते भएका सातैजना नेपाली नागरिक खतरामुक्त रहेको पुष्टि भएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार नेपाली राजदूतावासले सबै घाइतेसँग फोनमार्फत सम्पर्क गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो।
पश्चिम एसियामा विभिन्न कारणले मृत्युवरण गरेका ३८ नेपालीको शव ल्याउन बाँकी
पश्चिम एसियामा विभिन्न कारणले मृत्युवरण गरेका, तर जारी द्वन्द्वका कारण ३८ नेपालीको शव ल्याउन बाँकी छ। परराष्ट्र मन्त्रालयका अनुसार दुबईमा १५, साउदी अरबमा १७, कतारमा दुई, साइप्रसमा दुई, इजरायलमा एक, बहराइनमा एक गरी जम्मा ३८ जनाको शव ल्याउन बाँकी छ।
भोलिदेखि मतदाता नामावली सकलन गरिँदै
निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनः सञ्चालन गर्ने भएको छ।