प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिग वैशाखमा

आइतबार, १५ चैत, २०८२
डिजिटल संस्करण

नेपाल भलिबल संघ (एनभिए)ले आयोजना गर्ने प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिग वैशाखमा आयोजना हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख १० देखि १९ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा सन्चालन हुने अध्यक्ष जितेन्द्र चन्दले जानकारी गराएका छन् ।

महिला र पुरुष दुवैतर्फको विजेताले समान १० लाख, दोस्रोले पाँच लाख र तेस्रो टोलीले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । महिला र पुरुषतर्फका सर्वोत्कृष्ट खेलाडीले समान ६० तथा उत्कृष्ट सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । 

प्रतियोगितामा पुरुषतर्फ एनभिए च्याम्पियनसिपबाट छनोट भएका आठ टोली र महिलातर्फ ६ टोली गरी कुल १४ टोलीको सहभागिता रहनेछ । पुरुषतर्फको टिममा हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपिएफ क्लब, खिल्जी युवा क्लब लुम्बिनी, पश्चिम रुकुम भलिबल टिम, कोशी प्रदेश र बुढानीलकण्ठ भलिबल क्लब छन् ।

See More On

सुझावित समाचार