राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई भेट गरी उनका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्। भेटका क्रममा राष्ट्रपतिले शोकसन्तप्त परिवारप्रति सहानुभूति व्यक्त गर्दै यस दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरे।
अध्यक्ष ओलीका पिताको निधनले परिवारमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै राष्ट्रपतिले शोकमा रहेका सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।