काठमाडौं उपत्यकाका १४ क्षेत्रमा रास्वपाको अग्रता, कुलमान पनि पछि परे

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

उपत्यकाका १५ मध्ये १४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार क्षेत्र नम्बर १ मा रञ्जु न्यौपाने र क्षेत्र नम्बर ८ मा विराजभक्त श्रेष्ठले जित सुनिश्चित गरिकसेका छन्। 

त्यस्तै, काठमाडौं क्षेत्र नम्बर २ मा सुनील केसी, ३ मा राजु पाण्डे, ४ मा पुकार बम, ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ९ मा डिपी अर्याल तथा १० मा प्रदीप विष्टको अग्रता छ। क्षेत्र नम्बर ३ को प्रारम्भिक नजिताअनुसार उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले अग्रता लिएकोमा पछिल्लो परिणामअनुसार राजु पाण्डेले उछिनेका छन्। पाण्डेले चार हजार ६४९ मत ल्याउँदा कुलमानको तीन हनार ३४१ छ।

ललितपुर १ मा भने नेपाली कांग्रेसका उदयशमशेर राणाको अग्रता छ। 

क्षेन नम्बर २ मा जगदीश खरेल तथा क्षेत्र नम्बर ३ मा तोसिमा कार्कीको अग्रता छ। 

भक्तपुर २ मा रास्वपाकै राजीव खत्रीको अग्रता छ।  भक्तपुर क्षेत्र नम्बर १ मा पनि रास्वपाका रुकेश रञ्जितको अग्रता छ। उनले तीन हजार ८८४ मत पाउँदा नेमकिपाका प्रेम सुवालको दुई  हजार १३३ मत छ। 

सुझावित समाचार