बुटवलबाट दुई गाडी अवैध मदिरा बरामद

बुधबार, १३ फागुन, २०८२
डिजिटल संस्करण

बुटवलमा प्रहरीले दुई गाडी मदिरा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अन्दाजी करिब १० लाख ७८ हजार मूल्यबराबरका तीन हजार ६९६ पिस मदिरा बरामद भएको हो।

दुईवटा गाडीसहित मदिरा थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बुटवल उपमहानगरपालिका– ८, सुक्खानगरस्थित मैत्रीपथमा २ वटा गाडीमा अवैध मदिरा रहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले मदिरा बरामद गरेको हो।

बाटोको किनारामा पार्किङ गरिराखेको बिल बिजक नभएको लु २ च ४९३५ नम्बरको बोलेरो गाडीमा रहेको ५३ पेटी र लु २ च ५०७८ नम्बरको हात्ती गाडीमा रहेको २४ पेटी मदिरा प्रहरीले चेकजाँचका क्रममा फेला पारेको हो।

सुझावित समाचार