रुससँगको युद्धमा ५५ हजार युक्रेनी सैनिक मारिएको जेलेन्स्कीको भनाइ

शुक्रबार, २३ माघ, २०८२
डिजिटल संस्करण

रुससँग चलिरहेको युद्धमा हालसम्म ५५ हजार युक्रेनी सैनिकको ज्यान गएको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने । साथमा ‘ठुलो संख्या’मा सैनिक बेपत्ता रहेको पनि उनले बताए । तथापि, उनले बेपत्ता रहेकाहरूको संख्या भने दिएनन् । बुधबारको राष्ट्रपति जेलेन्स्कीको टिप्पणी अबुधाबीमा रुससँग युद्धविरामसम्बन्धी चलिरहेको वार्ताको सन्दर्भमा आएको हो । 

युक्रेन र रुस दुवैले युद्धमा भएको हताहतीको तथ्यांक बिरलै खुलासा गर्छन् । उनीहरू आफ्नो पक्षको हताहतीको संख्या लुकाउँदा युद्धभूमिमा शत्रुको भने विशाल क्षति भएकोमा जोड दिने गर्छन् । विश्लेषकहरूले किभ र मस्को दुवैले अर्को पक्षको मृत्युलाई बढाइचढाइ प्रस्तुत गर्ने गरेको बताउँछन् । 

सन् २०२५ को मध्यतिर वासिंटन डिसीस्थित ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज’ भने सन् २०२२ मा युद्ध सुरु भएयता लगभग चार लाख युक्रेनी सेना मारिएका वा घाइते भएको प्रक्षेपण गरेको थियो । 

सुझावित समाचार