विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा

सोमबार, १९ माघ, २०८२
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत तीन कर्मचारीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ। भन्सार कार्यालयको वैदेशिक हुलाक शाखामा कार्यरत शाखा अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी तथा हुलाक सेवा कार्यालयका नासु छविप्रसाद रिजाललाई आइतबार पक्राउ गरेको हो। 
कार्यालय सहयोगी पुडासैनीको टेबलमा रहेको १० हजार, घर्रामा रहेको ४० हजार ३५० तथा उनको साथबाट ९६ हजार गरी एक लाख ४६ हजार ४२० रुपैयाँ स्रोत नखुलेको रकम बरामद भएको आयोगले जनाएको छ। अधिकृत न्यौपानेकै मिलेमतोमा उनले घुस लिएको आयोगको दाबी छ। 

त्यस्तै, हुलाक कार्यालयका नासु रिजालको साथबाट घुसबापत लिएको २० हजार र स्रोत नखुलेको रकमसहित दुई लाख ६८ हजार २८८ रुपैयाँ बरामद भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए। 

कुरियर कम्पनीमार्फत घुस लिएको प्रमाण संकलन गरी आयोगले उनीहरूलाई पक्राउ गरेको हो। 

सुझावित समाचार