म कुनै राजनीतिक दलसँग आबद्ध छैन : गृहमन्त्री अर्याल

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

गृहमन्त्री ओमप्रकाश अर्यालले आफू कुनै पनि राजनीतिक दलको सदस्य नरहेको बताएका छन् । मंगलबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो दलगत संलग्नता नरहेको स्पष्ट पारे ।

जेन–जेड आन्दोलनको पृष्ठभूमिमा गठन भएको वर्तमान अन्तरिम सरकारका गृहमन्त्री अर्याल प्रदेशस्तरीय सुरक्षा बैठकमा सहभागी हुन विराटनगर पुगेका हुन् । विमानस्थलमै पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘म कुनै दलमा छैन, यति नै भन्न सक्छु।’

हाल अन्तरिम सरकारमा रहेका अर्का मन्त्री कुलमान घिसिङले स्थापना गरेको उज्यालो नेपाल पार्टीले सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पार्टी एकताको सहमति गरेको छ । उक्त सहमतिपछि घिसिङ रास्वपाको उपसभापति बन्ने तय भएको छ ।

गृहमन्त्री अर्याल विराटनगरमा आयोजना हुने सुरक्षा गोष्ठीमा सहभागी भई प्रदेशको समग्र सुरक्षा अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ ।

सुझावित समाचार