‘कुलमान पनि रवि र बालेनसँगै’
वैकल्पिक शक्ति निर्माण गर्ने रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’को सहमतिमा कुलमान घिसिङ पनि समावेश भएका छन् । वर्तमान सरकारमा मन्त्री रहेका घिसिङको संरक्षकत्वमा उज्यालो नेपाल पार्टी दर्ता भएको छ । यसअघि बालेन, लामिछाने र घिसिङबिच विभिन्न चरणमा छलफल भए पनि घिसिङ सहमतिमा छुटेका थिए ।
रवि र कुलमानसँगको सहमतिपछि बालेन लेख्छन्– म नेपाल हाँसेको हेर्न चाहन्छु
आगामी निर्वाचनमा रवि लामिछाने, बालेन र कुलमान घिसिङ एक भएर अघि बढ्ने भएका छन्। सोमबार साँझ भएको त्रिपक्षीय छलफलपछि कुलमान पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाटै निर्वाचनमा जाने सहमति भएको छ। पार्टीमा रविपछिको वरीयता पाउने र १८ समानुपातिक सांसद लिने गरी सहमति भएको हो ।
जिल्ला न्यायाधीशको नतिजा प्रकाशित, पहिलो नम्बरमा अधिवक्ता यादव
न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदको लागि लिएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ। २१ पदका लागि भएको परीक्षामा २० जना उत्तीर्ण भएका छन् । पहिलो नम्बरमा अधिवक्ता शिशिरकुमार यादव सिफारिस भएका छन् । जिल्ला न्यायाधीशको परीक्षामा पहिलोपटक अधिवक्ताले नाम निकालेका हुन् ।
प्रधानमन्त्रीलाई झुक्याएर हस्ताक्षर गराउने श्रमसचिवको सरुवा
प्रधानमन्त्री सुशीला कार्कीलाई झुक्याएर वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणसम्बन्धी शुल्क वृद्धिको निर्णय गराएको आरोप लागेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करको सरुवा भएको छ। उनलाई सरुवा गरेर उपराष्ट्रपति कार्यालय पठाइएको छ।
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबिच भेटवार्ता
प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेट गरेका छन्। अध्यक्ष दाहालले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित प्रधानमन्त्री कार्कीको कार्यकक्षमा भेट गरेका हुन्।
नेप्से दोहोरो अंकले घट्यो
कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन भने दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ५३ अंकले घटेर दुई हजार ६२२ दशमलव ८८ को बिन्दुमा कायम भएको छ ।
बयानपछि लेखकले भने– जेन–जीका माग जायज थिए
तत्कालीन गृहमन्त्री रमेश लेखकले जेन–जीहरूले राखेका माग सान्दर्भिक रहेको बताएका छन्। सिंहदरबारस्थित जाँचबुझ आयोगमा बयान दिएर बाहिरिएपछि पत्रकार सम्मेलन गर्दै लेखकले जेन–जीका माग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए। सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा र सुशासनको ग्यारेन्टी जेन–जी मात्र नभई सबै नेपालीको माग रहेको उनको भनाइ थियो।
रेणु र प्रदीप यादवद्वारा उपेन्द्र यादवसँग एकता
जनता समाजवादी पार्टीका नेताद्वय रेणुकुमारी यादव र प्रदीप यादवले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग एकता गरेका छन्। सोमबार एकताका लागि उनीहरूले सहमतिमा हस्ताक्षर गरेका हुन्।
निर्माण चरणमा अघि बढ्यो तमोर–मेवा जलविद्युत् आयोजना
लामो समयदेखि बहस, प्रतीक्षा र अनिश्चिततामा रहेको तमोर–मेवा जलविद्युत् आयोजना अन्ततः निर्माण चरणमा प्रवेश गरेको छ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङको मेवा खोला र तमोर नदीको पानी उपयोग गरी निर्माण हुन लागेको यो आयोजना ऊर्जा उत्पादनसँगै स्थानीय विकास र पूर्वी नेपालको समग्र आर्थिक रूपान्तरणसँग जोडिएको परियोजनाका रूपमा हेरिएको छ ।
नेकपाले समानुपातिकमा नदोहोर्याउने, मन्त्री भएकाले पनि अवसर नपाउने
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ अवसर पाइसकेकाहरु र प्रत्यक्ष निर्वाचित भएर मन्त्री भएकालाई पनि समानुपातिकमा अवसर नदिने भएको छ। समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सोमबार निर्वाचन आयोग पुगेका नेता राजेन्द्र पाण्डेले पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।