वैकल्पिक शक्ति निर्माण गर्ने रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह 'बालेन'काे सहमतिमा कुलमान घिसिङ पनि समावेश भएका छन्।
हामी नेपालका संयोजक सुदन गुरुङले सामाजिक संजालमा घिसिङ र लामिछानेसँगको तस्बिर सार्वजनिक गर्दै सहमति जुटेकाे बताएका छन्।
वर्तमान सरकारमा मन्त्री रहेका घिसिङको संरक्षकत्वमा उज्यालो नेपाल पार्टी दर्ता भएको छ।यसअघि बालेन, लामिछाने र घिसिङबिच विभिन्न चरणमा छलफल भए पनि घिसिङ सहमतिमा छुटेका थिए।
तीन नेतालाइ मिलाउन सक्रिय रूपमा लागेका गुरुङले सामाजिक संजालमा लेखेका छन्, ‘लेट्स सेलिब्रेट नेपाल, वी डिड इट। हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाइ छोड्यौँ, र इतिहासले सम्झनेछ। रवि, बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्।’