रवि र कुलमानसँगको सहमतिपछि बालेन लेख्छन्– म नेपाल हाँसेको हेर्न चाहन्छु

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण

आगामी निर्वाचनमा रवि लामिछाने, बालेन र कुलमान घिसिङ एक भएर अघि बढ्ने भएका छन्। सोमबार साँझ भएको त्रिपक्षीय छलफलपछि कुलमान पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाटै निर्वाचनमा जाने सहमति भएको छ। पार्टीमा रविपछिको वरीयता पाउने र १८ समानुपातिक सांसद लिने गरी सहमति भएको हो। यसअघि रास्वपा र बालेनबिच भएको सहमतिमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको छ। 

सोमबार भएको त्रिपक्षीय सहमतिपछि बालेनले फेसबुकमा लेखेका छन्– म नेपाल हाँसेको हेर्न चाहन्छु ।

सुझावित समाचार