मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहद्वारा आज पनि प्रदर्शन

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहले मंगलबार पनि सरकारविरुद्ध प्रदर्शन गरेकाे छ ।

जेन–जीको भावनाविपरीत सरकार अघि बढ्न खोजेकाले प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिनुपर्ने माग राख्दै उनीहरूले मंगलबार पनि काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले जेन–जी माग पूरा गर, जेन–जेडको माग चुनाव होइन, सुशासन होलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रशासनको अनुमतिविना प्रदर्शन भएपछि प्रहरीले रोक्न खोजे पनि उनीहरूले प्रदर्शन गरेका थिए ।

वर्तमान सरकार जेन–जी आन्दोलनको म्यान्डेटविपरीत अघि बढेकाले सर्वपक्षीय सरकार गठन हुनुपर्ने उनीहरूको माग छ । जनतामा राज्यप्रतिको भरोसा कमजोर हुँदै गएकाले युवाहरूलाई एकीकृत गर्दै नयाँ आन्दोलन सुरु गरिएको उनीहरूले जनाएका छन् ।

सुझावित समाचार