गोवाको नाइट क्लबमा आगलागी घटना : चारजना नेपालीकाे मृत्यु

सोमबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण

गोवाको नाइट क्लबमा शनिबार भएकाे आगलागी घटनामा परेर ज्यान गुमाउने २५ जनामध्ये २० जना काम गर्ने स्टाफ रहेको र ती स्टाफमध्ये चारजना नेपाली नागरिक रहेको गोवा पुलिसले जनाएको छ।

यो घटनामा ज्यान गुमाउने नेपाली नागरिक चूर्णबहादुर पुन, विवेक कटवाल, सुदीप र सविनको रूपमा पहिचान भएको छ। यी चारैजना नेपाली नागरिकको पोस्टमार्टम रिपोर्ट आइसकेको र गोवाको अस्पतालमा शव राखिएको छ।

गोवा सरकारको तर्फबाट नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा सम्पर्क गरी यी चारवटै शवलाई नेपाल पठाउन समन्वय भइरहेको गोवा पुलिसले जनाएको छ।

सुझावित समाचार