नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सारिएको छ। सोमबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक भोलि बिहान ११ बजे बस्ने गरी सरेको हो ।
आइतबारदेखि बस्ने भनिएको केन्द्रीय समितिको बैठक मंगलबारका लागि सारिएको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक अब भोलि बिहान ११ बजे बस्नेछ। उनले भने, ‘तयारी नपुगेकाले भोलि बिहान ११ बजे बस्छ, केन्द्रीय समिति बैठक पनि १ बजे सुरु हुन्छ।’