वेष्ट इन्डिजविरुद्ध नेपाली खेलाडीद्वारा ८ छक्का प्रहार

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण

वेष्ट इन्डिजसँगको पहिलो टी–२० मा मध्यम स्कोर बनाएको नेपालले ८ छक्का प्रहार गरेको छ । ८ विकेट गुमाएर १४८ रन बनाउँदा नेपाली खेलाडीले १४ बाउन्ड्री हानेका थिए। जसमा ८ छक्का र ६ चौका छन्। 

कुशल मल्ल र गुल्सन झाले २/२ तथा रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा र नन्दन यादबले १/१ छक्का हानेका हुन्। 

पहिलो खेलमा वेष्ट इन्डिजले १४९ को मध्यम लक्ष्य पाएको छ । 

वेष्ट इन्डिज टी–२० विश्वकप जितेको टिम हो। उविरुद्ध नेपालले पहिलोपटक टी–२० सिरिज खेलेको हो । 
 

सुझावित समाचार