चीनले दियो राखेपलाई ८५ लाख बराबरको सामग्री

बुधबार, ३२ असार, २०८२
डिजिटल संस्करण

चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई ८५ लाख रुपैयाँबराबरको खेल सामग्री तथा स्वास्थ्य परीक्षण उपकरण हस्तान्तरण गरेको छ । चीनले विभिन्न ३४ किसिमको खेल सामग्री प्रदान गरेको हो ।

नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ दी मिसन वाङ झिनले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई सामग्री हस्तान्तरण गरेका हुन् । सदस्यसचिव घिसिङले २०औँ एसियाली खेलकुदका लागि दृढ संकल्पका साथ प्रशिक्षण अगाडि बढाउनु चीनको सहयोग महत्वपूर्ण हुने बताए । 

‘जापानले आयोजना गर्ने एसियाली खेलकुद आउन १३ महिना मात्र बाँकी छ, यो समय पेचिलो छ । हामी दृढ संकल्पका साथ प्रशिक्षण अगाडि बढाउनुपर्ने पक्षमा लागेका छौँ,’ घिसिङले भने, ‘अबको दुई हप्ताको अवधिमा मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीको शारीरिक र खेलगत अवस्थाको परीक्षण हुनेछ ।’ डेपुटी चिफ दी मिसन वाङले सहयोगले नेपाली खेलकुदको विकासमा थोरै भए पनि टेवा पुग्ने बताए । 

See More On

सुझावित समाचार