दाङको सांग्रिला प्लाई उद्योगमा भीषण आगलागी

सोमबार, ११ चैत, २०८१
डिजिटल संस्करण

दाङको घोराही उपमहानगरपालिका– ९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गएराति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउने प्रयास जारी छ । जिल्लाका सबै दमकल, ट्यांकर परिचालन गरिएको छ भने बाँके र रुपन्देहीबाट समेत दमकल र ट्यांकर ल्याइएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयले  आगो नियन्त्रण गर्ने प्रयास जारी राखेका छन् । आगलागी भएको क्षेत्रनजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । क्षतिको विवरण आउन बाँकी रहेको छ । मानवीय क्षति भने भएकाे छैन ।  

सुझावित समाचार