महिला टी–२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

शुक्रबार, १ चैत, २०८१
डिजिटल संस्करण

युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज हङकङविरुद्धको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ । युगान्डाको इन्टेबे क्रिकेट मैदानमा भर्खरै भएको टसमा हङकङले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णाय लियो । जारी प्रतियोगितामा पाँच खेल खेलेको नेपालले एकमा मात्रै जित निकालेको छ।

यसअघि नेपाल नामिबियासँग ६ विकेट र २३ रनले पराजित भएको थियो भने हङकङसँग दुई रनले पराजित भएको थियो । त्यसैगरी, नेपालले युगान्डालाई पहिलो खेलमा एक विकेटले हराएको थियो भने अर्को  खेलमा ४१ रनले पराजित भएको थियो ।

सुझावित समाचार