पाकिस्तानमा पाँच सय यात्रु सवार रेल बन्दुकधारीको नियन्त्रणमा

मंगलबार, २७ फागुन, २०८१
डिजिटल संस्करण

पाकिस्तानमा करिब पाँच सय यात्रु सवार रेल बन्दुकधारीहरूले नियन्त्रणमा लिएका छन्। क्वेत्ताबाट पेसावर जाँदै गरेको जफर एक्सप्रेस रेल मंगलबार दिउँसो बलोचस्थानमा अपहरणमा परेको हो। रेल अपहरण भएको स्थानमा गोली हानाहानको आवाज सुनिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले बताएका छन्। बलोच लिबरेसन आर्मीले त्यसरी रेल नियन्त्रणमा लिएको बताइएको छ। 

पाकिस्तानी सरकारले अपहरणमा परेको रेल मुक्त गर्न सुरक्षाकर्मीहरू खटाएको छ। टनेलमा रोकेर हतियारधारीले रेल नियन्त्रणमा लिएका हुन्। 

बलोचस्थान पाकिस्तानको अत्यधिक आतंकवादी गतिविधि हुँदै आएको क्षेत्र पर्दछ। 
 

सुझावित समाचार