पेस्तोलसहित पक्राउ परे काठमाडौंका लागुऔषध ‘डिलर’ (भिडियोसहित)

मंगलबार, २७ फागुन, २०८१
डिजिटल संस्करण

पेसेवर रूपमा आपराधिक गतिविधिमा संलग्न युवक पेस्तोल र लागुऔषधसहित पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भूले ३३ वर्षीय सुदन जोशीलाई सोमबार गोकर्णेश्वर–२ भाडगाउँबाट पक्राउ गरेको हो। 

उनीबाट १० राउन्ड गोलीसहितको पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै, पोल्यान्ड जस्तो लागुऔषध दुई सय ५० ग्राम र ट्रामाडोल १० ट्याब्लेटसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए। प्रारम्भिक अनुसन्धानमा उनी लागुऔषधको डिलर भएको खुलेको छ।उनीसँग लागुऔषध तौलने डिजिटल तराजु समेत बरामद गरिएको एसपी बोहराले बताए। 

प्रहरीका अनुसार २०६८ सालयता उनी लुटपाट, लागुऔषधजस्ता मुद्दामा ५ पटकसम्म पक्राउ परिसकेका थिए। लागुऔषध कारोबारकै लागि उनी पेस्तोल बोकेर हिँड्ने गर्दथे। 
 

सुझावित समाचार