संसदमा उठ्यो कुलमानको शून्य अंक

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

विद्युत् प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङलाई सरकारले दिएको शून्य अंकको विषय संसदमा उठेको छ । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले प्राधिकरणलाई निरन्तर नाफामा लगिरहेको वेला उनलाई बारम्बार स्पष्टीकरण सोध्ने मात्र नभएर  शून्य नम्बर दिनु सरकारको के नियत हो ? भनेर प्रश्न गरे ।

६ महिनामा ११ अर्बभन्दा बढी नाफा कमाएको संस्थाको एमडीलाई स्पष्टीकरण सोध्ने मात्र नभएर कार्यमूल्यांकनमा शून्य अंक दिनु दुर्भाग्य भएको बताए । सरकारले बिचौलियाको पक्ष लिएकाे आरोप लगाए । उनले यस्तो कार्य नगर्न खबरदारीसमेत गरे । सभामुखबाट रुरिङ नआउँदासम्म उनले आन्दोलन जारी राख्ने बताए । 

त्यस्तै रायिट्रय स्वतन्त्र पार्टीका सांसद मनीष झाले एउटा कुलमानलाई लखेटे हजार कुलमान लिएर आउने चेतावनी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र  बहादुर शाहीले कुलमानलाई हटाए सदन र सडकमा आन्दोलन गर्ने बताए । 

सुझावित समाचार