२४औँ आहारारा गोल्डकप फुटबल च्याम्पियन ब्ल्याक बुल्स एफसी आइतबार तेस्रो केपी ओली कप प्रतियोगिताको पहिलो खेलमा नै पराजित भएको छ । उज्वेकिस्तानको ब्ल्याक बुल्सलाई नेपाल एपिएफ टोलीले टाइब्रेकरमा ४–३ ले हराएको हो । जितसँगै एपिएफ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टोलीले निर्धारित समयमा गोलरहित बराबरी खेलेका थिए । त्यसपछि विजेताको छिनोफानो टाइब्रेकरबाट भएको हो । जसमा एपिएफले बाजी मार्यो । अब सेमिफाइनल प्रवेशको खेलमा एपिएफले संकटाको सामना गर्नेछ ।
टाइब्रेकरमा एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ नायक बने । उनले ब्ल्याक बुल्सका दुई प्रहार रक्षा गर्र्दै खेल आफ्नो पक्षमा पारेका थिए । १८ फागुनसम्म चल्ने प्रतियोगिताको विजेताले १५ लाख ११ हजार र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले गरेका थिए ।