वरीयताका खेलाडी अगाडि बढ्दै

सोमबार, १४ माघ, २०८१
डिजिटल संस्करण

२५औँ पुरुष तथा १०औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । हेटौँडामा सुरु च्याम्पियनसिपमा पुरुषतर्फ झापाका नेपाल च्याम्पियन राजन सुवेदीले जित निकालेका छन् ।

साबिक विजेतासमेत रहेका राजनले पहिलो चरणमा ललितपुरका सरोज महर्जनलाई प्राविधिक खेल खेल्दै हराए । दोस्रो स्थानका सिएम शुश्रुत दहाल पूर्वनेपाल च्याम्पियन एफएम रूपेश जैसवालसँग पराजित भए ।

पुरुषतर्फ तेस्रो वरीतयाका एफएम क्षितिज भण्डारीले युवा खेलाडी पुरुषोत्तम सिलवाललाई निराश पारेका छन् । अर्को खेलमा काठमाडौंका प्रेमकृष्ण महर्जनले सुनसरीका धीरेन राईलाई कठिन खेलमा हराए । नेपाल च्याम्पियन सिन्दिरा जोशीले निहाना श्रेष्ठमाथि सहज जित हात पारिन् ।

महासंघले राष्ट्रिय च्याम्पियनसिपको फम्र्याटमा सिनियर च्याम्पियनका शीर्ष तीन खेलाडी र राष्ट्रिय ‘बी’ टोलीबाट शीर्ष नौ खेलाडी समावेश गरी राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दै आएको छ । महिला र पुरुषमा समान १२ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरूले ११ चरणसम्म एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । 

See More On

सुझावित समाचार