काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ।
आईतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेका हुन्। योसँगै उनले पहिला बलिङ रोजेका छन्।
संदीप लामिछाने कप्तान रहेको विराटनगरले सुरुमा ब्याटिङ गर्नेछ । विराटनगर प्ले अफ बाहिर भइसकेको छ । काठमाडौं प्ले अफमा जान आजको खेल जित्नै पर्ने दबाबमा छ ।