भुटानलाई हराउँदै बंगलादेश फाइनलमा

आइतबार, ११ कार्तिक, २०८१
डिजिटल संस्करण

साबिक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिप प्रतियोगिताको लगातार फाइनलमा प्रवेश गरेको छ। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा भुटानलाई ७–१ ले हराउँदै बंगलादेशले तेस्रोपटक फाइनलमा स्थान बनाएको हो। 

भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमै ५–१ को अग्रता बनाएको थियो। दोस्रो हाफमा भने मात्र दुई गोल गर्न सफल भयो।

पहिलो सेमिफाइनलमा तोहुरा खातुनले ह्याट्रिक गरिन्। कप्तान सविता खातुनले दुई गोल गर्दा रितु पोर्ना चक्मा र सेउली अजिमले समान एक गोल गरेका थिए। 

सन् २०२२ मा बंगलादेशले दशरथ रंगशालामै भुटानलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। उपाधि भिडन्तमा नेपाललाई ३–१ ले हराएको थियो। त्यसअघि टोलीले सन् २०१६ मा पहिलोपटक फाइलनमा स्थान बनाएको थियो। 

आजै हुने  दोस्रो सेमिफाइलनमा नेपाल र भारतबिच प्रतिस्पर्धा हुँदै छ। खेल साँझ ६ः३० बजे सुरु हुनेछ।

सुझावित समाचार