गण्डकी थन्डर्सका लागि ‘सोइङ थापा’ छनोट

पोखरामा ‘ट्रफी टुर’ सम्पन्न

बिहिबार, १० असोज, २०८१
डिजिटल संस्करण

२२ खेलाडी माझ भएको ट्यालेन्ट हन्टमार्फत गण्डकी थन्डर्सका लागि ‘सोइङ थापा’ छनोट भएकी छिन्। एभरेष्ट महिला भलिबल लिगका लागि बुधबार पोखरामा सम्पन्न ट्यालेन्ट हन्टमा सहभागी २२ खेलाडीबाट खेल कैशल, उचाइ र पोजिसनको आधारमा सोइङ छनाेट हुन सफल भएकी हुन्। १४ देखि १९ असोजसम्म काठमाडौंमा हुने लिगका लागि सोइङ छनाेटसँगै गण्डकीको टिम पूरा भएको छ ।

१७ वर्षीया सोइङ स्याङ्जा जिल्लास्थित कालीगण्डकी गाउँपालिकाकी बासिन्दा हुन्। उनी १२ कक्षामा अध्ययनरत छिन्। गण्डकीको मार्की प्लेयरमा सरस्वती चौधरी रहेकी छिन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्मा, राखेपका सदस्य मधुसुदन सुवेदी, गण्डकी थन्डर्सका निर्देशक विकास खेतान, परिषदकी सदस्य शुभकन्या गुरुङलगायतको उपस्थितिमा सोइङलाई छनोट गरिएको हो ।

पोखरामा ‘ट्रफी टुर’ सम्पन्न
लिगको ट्रफीको पोखरामा ट्रफी टुरसमेत बुधबारै सम्पन्न गरिएको छ। पर्यटनको राजधानी सहर पोखराको प्रमुख पर्यटकीय स्थल फेवातालको बाराहीघाट हुँदै तालको बिचमा रहेको बाराही मन्दिर परिक्रमा गरी पोखरामा ट्रफी टुर गरिएको हो । ट्रफी कर्णाली, मधेश, चितवन हुँदै पोखरा ल्याइएको हो। पोखरापछि ट्रफी ललितपुर र काठमाडौंको टुर गराइनेछ ।

सुझावित समाचार