सन् १९६० : इराकको राजधानी सहरमा बग्दाद सम्मेलन सुरु । पाँचदिने सम्मेलन तेल उत्पादक देशहरूको अन्तरसरकारी संगठन अर्गनाइजेसन अफ दि पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज (ओपेक) गठनसँगै सम्पन्न भएको थियो । इरान, इराक, कुवेत, साउदी अरेबिया र भेनेजुएला समूहका मूल सदस्य थिए । आज संस्थामा १३ सदस्य छन् । ओपेक सदस्य राष्ट्रमा तेल र ग्यास नीतिहरू समन्वय र एकीकरण गर्न र पेट्रोलियम उद्योगमा उत्पादन, बिक्री र लगानीको कुशल र निष्पक्ष प्रणाली सिर्जना गर्न जिम्मेवार छ ।
सन् १८१३ : ओलिभर हाजार्ड पेरीको नेतृत्वमा अमेरिकी नौसेनाले एरी तालको युद्धमा ब्रिटिसहरूलाई पराजित गर्यो ।
सन् १९१९ः अस्ट्रिया र सहयोगी शक्तिले सेन्ट–जर्मेनको सन्धिमा हस्ताक्षर गरे । योसँगै पहिलो विश्वयुद्ध समाप्त भएको थियो ।
सन् १९७४ : लामो समय उपनिवेश रहेको पश्चिम अफ्रिकी मुलुक गिनी बिसाउ सन् १९७४ मा पोर्तुगलबाट स्वतन्त्र भएको थियो ।
सन् १९७७ : फ्रान्समा अन्तिम मृत्युदण्ड । हमिदा जान्दौबी गिलोटिनद्वारा मृत्युदण्ड दिइने अन्तिम व्यक्ति थिए । २१ वर्षीया एलिजाबेथ बुस्केटको हत्यामा जान्दौबीलाई दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाइएको थियो ।