कतारले स्मार्ट सिटी समाधान परियोजनाको पहिलो चरणको काम सुरु गरेको छ। नगरपालिकामन्त्री अब्दुल्लाह बिन हमाद बिन अब्दुल्लाह अल अतियाहले आइतबार परियोजनाको उद्घाटन गरेका हुन्।
परियोजनामा मुख्यतया स्मार्ट फोहोर व्यवस्थापन, वाहन व्यवस्थापन, कार्य वितरण प्रणाली र एक केन्द्रीय सञ्चालन कमान्ड प्लेटफर्मको कार्यान्वयन समावेश छ।
यी पहलहरू २०२४–०३० का लागि मन्त्रालयको रणनीतिअनुरूप ल्याइएका हुन्। परियोजनाको लक्ष्य जीवनको गुणस्तर अनुकूलन, समृद्धि, सहरी आधुनिकीकरण, सेवा उत्कृष्टता र डिजिटल रूपान्तरणमा केन्द्रित छ।
मन्त्री अतियाहले स्मार्ट सोलुसन्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लगायत आधुनिक प्रविधिको उपयोग गर्दै मन्त्रालयको सेवाको डिजिटल रूपान्तरण हासिल गर्न यी नयाँ प्रणालीहरूको सुरुवात अभिन्न अंग भएको उल्लेख गरे।
उनले भने, ‘यसको लक्ष्य जनतालाई प्रदान गरिने सेवाहरूमा उच्चतम स्तरको प्रदर्शन, गुणस्तर र उत्पादकत्व हासिल गर्नु तथा परिचालन लागत पनि कम गरी स्मार्ट, हरित र दिगो सहरहरूतर्फ प्रगति गर्नु हो।’
परियोजनाले सवारीसाधन र चालकको आवागमन र अनुपालनको निगरानी गर्ने लक्ष्य राखेको छ।