नेपाल र श्रीलंकाबीचको खेल वर्षाले ढिलाइ

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

आइसिसी टी- २० विश्वकप २०२४ को दोस्रो खेलमा नेपालले आज श्रीलंकाको समाना गर्दै छ। नेपाल र श्रीलंकाबीचकाे खेल निर्धारित समयमा भने सुरु हुन सकेकाे  छैन।

अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा केही अघिसम्म वर्षा भइरहेको थियो। अहिले वर्षा रोकिएको छ । तर, बाउन्ड्री लाइनतिर निकै पानी जमेकाले मैदान सुकाउने प्रयास हुँदै छ।

हालसम्म टससमेत हुन सकेको थिएन । वर्षा रोकिएसँगै मैदानमा लगाएको कभर निकाल्ने काम सुरु हुनेछ । त्यसपछि मैदान निरीक्षण हुँदै छ ।
 

सुझावित समाचार