आइसिसी टी–२० विश्वकप प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गरिरहेका छन्।
अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी खेलमैदानमा ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ। नेपालका दुवै ओपनर सस्तैमा आउट भएका छन्।
३.१ ओभरमा १५ रनको अवस्थामा नेपालले दोस्रो विकेट गुमाएको हो। दश बल खेलेर सात रन बनाएका कुशल भुर्तेल भान विकको बलमा एलबिडब्लू धरापमा परे।
त्यसअघि टिमको स्कोर दश मात्र रहेका वेला ओपनर आसिफ शेख व्यक्तिगत चार रन बनाएर आउट भएका थिए। उनले आठ बलको सामना गरे।
अहिले क्रिजमा कप्तान रोहितकुमार पौडेल र अनिल साह छन्।