एमाले चितवनको अध्यक्षमा पाठक विजयी, सचिवमा प्रकाश ढुंगाना

बुधबार, १६ जेठ, २०८१
डिजिटल संस्करण

नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा कुल खसेको सात सय २९ मतमध्ये पाठकले ६ सय ६ मत प्राप्त गर्दै विजयी बनेका हुन्।

अध्यक्षका अर्का प्रत्याशी घनश्याम कँडेलले मात्र ९३ मत प्राप्त गरे । पाठक यसअघि उपाध्यक्ष थिए । उपाध्यक्षमा श्याम विष्ट चार सय चार मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कृष्णकुमार डल्लाकोटीले दुई सय ८४ मतमा प्राप्त गरे । सचिवमा युवा नेता प्रकाश ढुंगाना विजयी भएका छन् ।

यसअघि उपसचिव रहेका ढुंगानाले चार सय ६६ मत प्राप्त गर्दा प्रतिस्पर्धी पदमपाणि सुवेदीले दुई सय २१ मत मात्र प्राप्त गरे। त्यसैगरी उपसचिव खुलातर्फ दुई सय ४० मतसहित मीनबहादुर परियार र महिलातर्फ ज्वाला पुरी वन तीन सय ६६ मतका साथ विजयी भएका छन् । प्रतिस्पर्धामा एमाले चितवनमा गुट नदेखिए पनि संस्थापन पक्षले समर्थन गरेका उम्मेदवारहरू विजयी भएका थिए । 
 

सुझावित समाचार