गुल्मीको भनभनेस्थित घरगोठमा आगलागी

आइतबार, १६ बैशाख, २०८१
डिजिटल संस्करण

गुल्मीको मदाने गाउँपालिका- ७ को भनभनेमा खरबारीबाट लागेको आगोले एक र तीन गोठसहित स्कुलमा समेत क्षति पुगेकाे छ।  

भनभने खरेनागैरास्थित यमबहादुर घर्तीको ढुंगाले छाएको दुईतले बंगालाे, सोमबहादुर घर्तीको ढुंगाले छाएको दुईतले कच्ची घर, दुईतले कच्ची बंगालाे, कुटानी-पिसनी मिल, मधु घर्तीको तीनवटा परालका टौवा, आरा मेसिनसहित दीपक माविको टिनको छानो भएका दुईवटा शौचालय पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शंकर पोख्रेलले जानकारी दिए। सुरक्षाकर्मी र स्थानीय आगो नियन्त्रण गर्न लागिपरेकाे प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार