संयुक्त राज्य अमेरिकाको निजी क्षेत्रको स्पेस–एक्स कम्पनीले शनिबार २३ वटाभन्दा बढी स्टारलिंक भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ।
स्पेस–एक्सका अनुसार अमेरिकाको फ्लोरिडास्थित केप कानाभारल स्पेस फोर्स स्टेसनबाट उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो।
कम्पनीले फाल्कन– ९ नामक रकेटमार्फत २३ वटा स्टारलिंक उपग्रह प्रक्षेपण गरेको जनाएको छ।
स्टारलिंक भूउपग्रहहरूले पृथ्वीका दुर्गम क्षेत्र र इन्टरनेटको पहुँच कमजोर भएका क्षेत्रहरूमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनीको भनाइ छ।