संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको सेमिफाइनल खेलमा आयोजक नेपालले हारेर बलिङ गर्ने भएको छ । शुक्रबार मूलपानी माथिल्लो मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले सुरुवाती बलिङ गर्नेछ । टोलीमा दीपेन्द्रसिंह ऐरी फर्किएका छन् । सन्दीप जोरा बाहिरिएका छन् । अन्य खेलाडी यथावत् हुन् ।
आगामी वर्ष अमेरिका र वेष्टइन्डिजमा आयोजना हुने आइसिसी विश्वकप छनोटको एसियाली छनोटमा आज दुई सेमिफाइनल हुँदै छन् । पहिलो खेलमा नेपाल र युएई प्रतिस्पर्धा गर्दै छन् । कीर्तिपुर मैदानमा ओमान र बहराइनबीच भिडन्त हुनेछ ।
नेपाल समूह ‘बी’को उपविजेता र युएई समूह ‘ए’को विजेता हुन् । समूह ‘बी’बाट ओमान विजेता र बहराइन उपविजेता भए । आजको विजयी दुवै टोली फाइनलसँगै टी २० विश्वकपमा छनोट हुनेछन् ।