पाकिस्तानी एक महिलाले आफ्नै नवजात शिशुलाई छैटौँ तलाबाट फ्याँकेकी छिन्।
कराँचीको लियाकतावाद क्षेत्रमा रहेको बहुतले भवनको छैटौँ तलाबाट ती महिलाले आफ्नै नवजात शिशुलाई फ्याँकेको प्रहरीलाई उद्धृत गर्दै एआरवाई न्युजले जनाएको छ।
प्रहरीले ती महिलालाई नवजात शिशु फ्याँकेको आरोपमा पक्राउ गरेको एआरवाई समाचारमा उल्लेख छ। प्रहरीले अनुसन्धान अघि बढाएकाे छ।
प्रहरीले ती महिलाकाे मानसिक स्थिति शंकास्पद रहेको जनाएको छ। प्रहरीले मनोचिकित्सकबाट उनको स्वास्थ्य परीक्षण गरिने एक विज्ञप्ति निकालेर बताएको छ।