नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले पार्टी सङ्लिने र तङ्ग्रिने वेला भएको बताएका छन्।
शनिबार नेपाली कांग्रेस काठमाडौं ९(क) प्रदेशको सम्मेलनमा उनले भने, ‘नेपाली कांग्रेस सङ्लिने र तङ्ग्रिने वेला पनि हो। आज आफैँले आफैँसँग प्रतिस्पर्धा गर्ने वेला हो। अरूसँग पछि प्रतिस्पर्धा गरौँला।’
सम्मेलनपछि क र ख का प्रदेश सभापतिहरूलाई महामन्त्री शर्माले पार्टीको सदस्यता र विभाग गठन विस्तारमा प्रतिस्पर्धा गर्न निर्देशन दिए। कांग्रेस मिसन ८४ भन्दै अहिले नै घोषणा गर्ने हतारोमा नरहेको उनको भनाइ थियो। ०८४ सालमा चुनाव मात्र हुने भएकाले अहिले कांग्रेसको मिसन काम गर्नुभएको महामन्त्री शर्माले बताए।
‘बाह्रै मास चुनावको चिन्ता गरेर देश बन्दैन। राजनीतिक दलले एउटा पुस्ताको चिन्ता गर्छ। चुनावको चिन्ता गर्दैन। हामी आजको काम गरौँ। कांग्रेसले गरेका कामको प्रचार गरौँ,’ उनले भने। देशमा सबै ठीकठाक नभए पनि केही बनेको छैन भन्ने कुरा पनि सत्य नभएको महामन्त्री शर्माले बताए।