डेनमार्कका खेलाडी होजलुड र प्रेमिका लाउरा इन्डोनेसियाको बालीमा होलिडे मनाइरहेका छन्
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले एटलान्टाका स्ट्राइकर रास्मुस होजलुडमाथि नजर राखेको छ । युनाइटेड प्रि–सिजनको तयारीमा छ । प्रि–सिजनको लगत्तै एटलान्टाका यी खेलाडीलाई अनुबन्ध गर्ने योजनाका साथ युनाइटेड अगाडि बढेको छ । एटलान्टाबाट युनाइटेडमा जाँदा होजलुडलाई ४३ मिलियन पाउन्ड प्रस्ताव आएको छ ।
अचम्मको कुरा के छ भने युनाइटेडको लोभलाग्दो प्रस्ताव आउँदा पनि डेनमार्कका अन्तर्राष्ट्रिय खेलाडी होजलुडले कुनै प्रतिक्रिया दिएका छैनन् । अहिले उनी प्रेमिका वाग लाउरासँग होलिडेमा छन् । अहिले यी दुवै इन्डोनेसियाको बालीमा छन् । यसपछि उनीहरू माल्दिभ्समा बिदा मनाउने तयारीमा छन् ।
सिजन ब्रेकपछि प्राप्त समयमा उनले लाउरासँग रमाइलो गर्ने योजना बनाएका कारण नै युनाइटेडको प्रस्ताव सम्बन्धमा प्रतिक्रिया नदिएका हुन् । यद्यपि, उनलाई भित्र्याउन पेरिस जेन्ट जर्मेन (पिएसजी)ले पनि प्रस्ताव राखेको छ । पिएसजीले कति रकमको प्रस्ताव राखेको भन्ने खुलाएको छैन । गत वर्ष एटलान्टाबाट सबै खेल खेलेका होजलुडलाई समर्थन गर्न प्रेमिका लाउरा भिआइपी प्यारपिटमा बसेकी थिइन् । यसपटक लाउराले चर्चित क्लबका आफ्ना प्रेमिकालाई समर्थन गर्न सक्ने बताएकी छिन् ।
उनीहरूबीचको सम्बन्ध यति गहिरो छ कि डेनमार्कले पछिल्लोपटक फिनल्यान्डमाथि ३–१ को जित निकाल्दा दुवैले मैदानमा ‘किस’ गरेका थिए । यस खेलमा होजलुडले ह्याट्रिक गरेका थिए । डेनमार्कलाई महत्वपूर्ण जित दिलाएकै खुसीमा लाउराले खेलपछि नै प्रेमीलाई किस गरेकी थिइन् । लाउराले तत्कालै सोसल मिडियामा फोटो पोस्ट गर्दै हजारौँ समर्थक आफूतर्फ आकर्षित गर्न सफल भइन् । सो फोटोमा होजलुडले लाइक मात्र गरेनन्, मीठो कमेन्ट पनि गरे ।