अमेरिकाको फिलाडेल्फिया गोलीकाण्डमा चारको मृत्यु, चार घाइते

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा सोमबार राति भएको गोलीकाण्डमा चारजनाको मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन्।

फिलाडेल्फिया इन्क्वायरले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार एकजना संदिग्ध आक्रमणकारीलाई  हिरासतामा लिइएको छ। दक्षिणपश्चिम फिलाडेल्फियाको किङसेसिङ खण्डमा राइफलबोकेको उसले किशोरमाथि गोली हानेको थियो। 

फिलाडेल्फिया इन्क्वायरका अनुसार घाइतेलाई तत्काल नजिकको अस्पताल पुर्याइएको थियो। गोली चलेको जानकारी पाउनेबित्तिकै प्रहरीको एउटा टोली आक्रमणस्थलमा पुगेको थियो। एक थान राइफल र एउटा ह्यान्डगन पनि प्रहरीले बरामद गरेको छ। घाइतेको अवस्थाबारे कुनै जानकारी दिइएको छैन। 

गत आइतबार बाल्टिमोरमा भएको यस्तै प्रकृतिको घटनामा दुईजनाले ज्यान गुमाएका थिए भने २८ जना घाइते भएका थिए। 
 

सुझावित समाचार