सांसदहरूले बालुवाटारस्थिल ललितानिवास जग्गा प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनीहरूले ललितानिवास जग्गा प्रकरणका मुख्य दोषीलाई पनि कारबाही गर्न सरकारसँग माग गरेका हुन्।
सांसद राजेन्द्रकुमार केसीले ढिलै भए पनि सरकारले ललितानिवास जग्गा प्रकरणको फाइल खोलेकामा धन्यवाद दिँदै जग्गा प्रकरणका मुख्य दोषी नउम्किने गरी कानुनी प्रक्रिया अगाडि बढाउन माग गरे।
सांसद रामहरि खतिवडाले ‘ललितानिवासमा साना माछा ढोक्सामा पर्ने कुरा आएको छ, ठूला माछा पनि ढोक्सामा परून्’ भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।