दानबहादुर कार्कीको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै

बुधबार, २ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडाैं । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्दै छ। उक्त रिट न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ।

सरकारले गत १८ कात्तिकमा कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो। सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो।

सरकारको मन्त्रिपरिषद् निर्णय गैरकानुनी रहेको र त्यसबाट आफू अन्यायमा परेको दाबी गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

 

सुझावित समाचार