नेपालको अर्धशतकीय साझेदारी, कुशल र आसिफ क्रिजमा

आइतबार, ३ असार, २०८०
डिजिटल संस्करण
नेपालको अर्धशतकीय साझेदारी, कुशल र आसिफ क्रिजमा

तस्बिर : इएसपिएन क्रिकइन्फो डटकम

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा अहिले टेस्टराष्ट्र जिम्बावेविरुद्ध खेलिरहेको छ। 

गृहमैदान हरारेमा जिम्बावेले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । 

संयमित रूपमा इनिङ सुरु गरेको नेपालले कुनै विकेट नगुमाई अर्धशतकीय साझेदारी गरेको छ । १२औँ ओभरमा नेपालले ५० रन पूरा गरेको हो । 

कुशलले पाँच चौकाको सहयोगमा ४१ बलमा ३३ रन बनाएका छन् । यस्तै, आसिफले एक चौकाको सहयोगमा २९ बलमा १४ रन बनाएका छन् । 

घरेलु मैदानमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल छनोटमा स्थान बनाएको नेपाल उही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा छ ।
 

सुझावित समाचार