कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज लमैया नाला तर्ने क्रममा एक महिलाको डुबेर मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार घाँस काट्ने जाने क्रममा नाला तर्दा पुनर्वास नगरपालिका– १० कालिका मन्दिर घर भएकी ३२ वर्षीया तारा विष्टको मृत्यु भएको हो।
प्रहरीका अनुसार नालामा महिला डुबेको देखेपछि स्थानीय बालबालिकाले प्रहरीलाई खबर गरेका थिए। महिलाको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ।