\'निर्णायक\' बैठककाे तयारीमा गठबन्धन

शनिबार, ९ पुष, २०७९
डिजिटल संस्करण
\'निर्णायक\' बैठककाे तयारीमा गठबन्धन

फाइल तस्बिर

दलहरूबीच 'पावर सेयरिङ' विषय टुंग्याउन सत्तागठबन्धनको बैठक बस्ने भएको छ। दिउँसो ४ बजे बालुवाटारमा बैठक बस्ने तयारी भइरहेको बताइएको छ। 

गठबन्धनको बैठकअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दिउँसो ३ बजे सोही विषयमा छलफल हुने कार्यक्रम तय भएको छ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको पहिलो समयसीमा आइतबार साँझ ५ बजे सकिँदैछ। तर, गठबन्धनका दुई प्रमुख दल कांग्रेस र माओवादीबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन।

आज बिहान मात्रै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्डलाई भेटेर ‘पावर सेयरिङ’को टुंगोलगाउन आग्रह गरेका थिए। 
 

सुझावित समाचार