मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ कार्तिक २८ सोमबार
  • Friday, 28 August, 2026
२o७९ कार्तिक २८ सोमबार १९:५९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

विगत ६ महिनामा करिब १ लाख  ९० हजार अफगान शरणार्थी इरानबाट निर्वासित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २८ सोमबार १९:५९:oo

छिमेकी देशहरूमा अफगान शरणार्थीविरुद्धको अत्याचार बढ्दै जाँदा, विगत छ महिनामा करिब एक लाख ९० हजार अफगानीहरूलाई इरानबाट निर्वासित गरिएको टोलो न्युजले विश्लेषकहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ। विश्लेषकहरूका अनुसार देशमा रोजगारीको अभाव र मानवअधिकार उल्लंघनका कारण मानिसहरू गैरकानुनी बाटो भएर इरान, टर्कीजस्ता छिमेकी देशहरूमा पलायन हुन बाध्य भएका छन्। 

'मलाई आशा छ हाम्रो देश विकसित भएको छ र युवाहरूका लागि रोजगारीका अवसरहरू सिर्जना हुनेछन्। मैले इरानमा धेरै समस्याहरू देखेको छु,'  निर्वासित अब्दुल गफोरले भनेका छन्।

शरणार्थी र स्वदेश फिर्ता प्रान्तीय विभागका प्रमुख सादिकुल्लाह नसरतले विगत छ महिनामा निमरोज बन्दरगाहबाट निर्वासित ६८ हजार २५८ भन्दा बढी शरणार्थीहरूलाई सहायता प्रदान गरिएको बताएका छन्। इरानमा जबर्जस्ती पठाइएका शरणार्थीहरूले पनि आफूले भोग्नुपरेको चुनौतीप्रति निराशा व्यक्त गर्ने गरेका छन्।

युद्धग्रस्त अफगानिस्तानको कमजोर अवस्थाबारे गुनासो गर्दै अर्का निर्वासित खुदादले भने, 'मैले कुनै खुसीका दिन देखेको छैन। म सधैँ काममा लागेँ तैपनि मलाई निकालियो।'

इरानमा अफगान आप्रवासीको बढ्दो संख्याको मुख्य कारण अफगानिस्तानको राजनीतिक अस्थिरता र आर्थिक संकट हो। काबुलमा सत्तामा पुगेपछि, इस्लामिक समूहले आधारभूत अधिकारहरू- विशेष गरी महिला र केटीहरूको अधिकारहरूलाई कडा रूपमा प्रतिबन्धित गर्ने नीतिहरू लागू गरेको र त्यसले गम्भीर समस्या निम्त्याएको बताइएको छ।  

ह्युमन राइट्स वाचका अनुसार तालिबानले निजामती सेवामा नेतृत्वदायी पदबाट सबै महिलाहरूलाई निष्कासन गरेको छ भने अधिकांश प्रान्तहरूमा छात्राहरूलाई माध्यमिक विद्यालयमा जान प्रतिबन्ध लगाइएको छ। इस्लामिक स्टेटको अफगान शाखासँग सम्बन्धित सशस्त्र समूहहरूले हजारा, अफगान सिया, सुफी र अन्य जातिहरूलाई लक्षित गरी बम विष्फोट गराएको छ जसमा सयौँको संख्यामा मानिसहरूको मृत्यु भएको छ।