१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २८ सोमबार
  • Monday, 01 July, 2024
२o७९ कार्तिक २८ सोमबार १५:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सत्तागठबन्धनले जिते मात्र विकास र समृद्धि हुन्छ : प्रचण्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २८ सोमबार १५:४६:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धनले जिते मात्र मुलुकमा विकास र समृद्धिले गति लिने बताएका छन्।

पाँचदलीय गठबन्धनले लमजुङको राइनासमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सोमबार प्रचण्डले जनताले अनुभूति गर्ने गरी आर्थिक विकासका काममा लाग्ने आश्वासन दिए। मुलुकमा आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि जनतामा महसुस हुन नसकेको भन्दै उनले आगामी दिनमा सत्तारूढ गठबन्धनले समग्र ध्यान आर्थिक विकास र समृद्धिमा दिने उल्लेख गरे।

‘गठबन्धनले जितिसकेपछि विकास निर्माण र समृद्धिले गति लिनेछ। यो देशमा राजनीतिक परिवर्तन हुने, तर आर्थिक परिवर्तन त्यसैअनुकूल नहुँदा विकास निर्माणले गति लिन सकेको छैन,’ उनले भने। 

अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लहर गठबन्धनको पक्षमा आइरहेको पनि दाबी गरे। उनले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातासमक्ष आग्रह गरेका छन्।

पाँचदलीय गठबन्धनको तर्फबाट लमजुङमा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका देवप्रसाद गुरुङ तथा प्रदेश सभा (क)मा कांग्रेसका डा. टकराज गुरुङ र प्रदेश सभा (ख)मा कांग्रेसकै भेषबहादुर पौडेल उम्मेदवार रहेका छन्।

ad
ad
ad
ad